एमजी मार्गमा मेघा रक्तदान शिविर आयोजित

IMG-20220918-WA0213.jpg

गान्तोक: राज्यको स्वास्थ्य एवम परिवार कल्याण विभाग, एसबीटीसी र सेन्ट्र ब्लड ब्याङ्क अफ् एसटीएनएम अस्पतालको संयुक्त पहलमा हिजो राजधानीस्थित एमजी मार्गमा एक दिवसीय मेघा रक्तदान शिविरको आयोजना गरियो। यस अवसरमा राज्यका स्वास्थ्य विभाग मन्त्री डा. एमके शर्मा मुख्य अतिथिकोरूपमा उपस्थि रहेका थिए भने विशिष्ठ अतिथिमा गान्तोक नगर निगमका पार्षद सन्दीप मालु लगायत विभागका अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले रक्तदान डा. रक्तदान अभियान सुरक्षित रगत र रक्तसञ्चारको आवश्यकताबारे जनचेतना जगाउन महत्वपूर्ण पहल भएको बताए। उनले सुरक्षित र पर्याप्त रक्त आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध स्वैच्छिक रक्तदाताहरूको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्ने यो असाधारण प्रयास भएको गरिएको जानकारी गराए।मन्त्रीले यो एक स्वैच्छिक योगदान हो, जसमा हरेक व्यक्ति सहभागी भएर स्वास्थ्य प्रणालीमा योगदान पुऱ्याउनको निम्ति रक्तदाता बन्न सक्ने बताए। उनले राज्यका युवाहरूलाई रक्तदान गर्ने मानवीय आह्वानलाई अंगाल्न र अरूलाई पनि त्यसका लागि प्रेरित गर्न आग्रह गरे। यसै क्रममा विभागका सचिव डा. पेम्पा भोटियाले पनि स्वेच्छाले रक्तदान गरेका थिए। रक्तको अभावमा विश्वमा धेरै मानिसहरूले प्राण गुमाएको घटनालाई उजगार गर्दै एक युनिट रगतको महत्व मानिसले आफूलाई परेको समयमा मात्र बुझ्ने गरेको जानकारी गराए। विभाग र राज्यका विभिन्न गैर सरकारी संस्थाहरूको संयुक्त पहलमा राज्यको छवटै जिल्लामा रक्तदान शिविर आयोजना गरिएको अवगत गराए। यसरी नै पार्षद सन्दीप मालुले पनि रक्तदान गर्दै सबैलाई रक्तदान गर्नुपर्ने आग्रह गरे। आजदेखि शुरू भएको रक्तदान अभियान आगामी १ अक्टोबरसम्म राज्यको विभिन्न स्थानमा आयोजना गरिने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *