डूरण्ड कप फूटबल टुर्नामेण्टको पुरस्कार राशि बढ़ाएर ३ करोड़ रुपियाँ

IMG-20250719-WA0060

काेलकत्ता: एशियाको सबैभन्दा पुरानो फूटबल टुर्नामेण्ट डूरण्ड कपको पुरस्कार राशिमा भारी बढ़ोत्तरी गरिएको छ तर यसपाली टुर्नामेण्टमा आईएसएल-को केवल ६ वटा टीमले हिस्सा लिने सम्भावना रहेको छ। टुर्नामेण्टको गत संस्करणमा आईएसएल-को १२ वटा टीमले हिस्सा लिएको थियो। आईएसएल टीमहरूको अनुपस्थितिमा कमीको मुख्य कारण फूटबल स्पोर्ट्स डेवलपमेण्ट लिमिटेड (एफएसडीएल) र अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-बीच मास्टर राइट्स सम्झौताको नवीनीकरणलाई लिएर जारी गतिरोध हुनसक्छ। यस अनिश्चितताले गर्दा आईएसएल २०२५-२६ सीजनलाई स्थगित गरिएको छ। यसले फ्रेञ्चाइजीहरूका निम्ति आफ्नो टीम बनाउने, कार्यक्रम र प्रतिबद्धताहरूलाई लिएर भ्रमको स्थिति उत्पन्न भएको छ। यसैको परिणामस्वरूप २३ जुलाईदेखि शुरु हुने डूरण्ड कपमा भागीदारी पुष्यि गर्ने आईएसएल क्लबहरूको संख्यामा कमी आएको छ।
यस स्थितिमाथि पूर्वी कमान मुख्यालयका चीफ अव् स्टाफ तथा डूरण्ड कप आयोजन समितिका अध्यक्ष लेफ्टिनेण्ट जनरल मोहित मल्होत्राले भने, सबैथोक तपाईंहरू अघि छ। हाम्रो निम्ति यस स्थितिमाथि टिप्पणी गर्नु उचित हुनेछैन तर दुवै पक्ष भारतीय फूटबलको विकासको निम्ति प्रतिबद्ध छ भन्ने हाम्रो विश्वास रहेको छ। हामीलाई विवादको चाँड़ै समाधान हुने आशा छ। यसबाहेक डूरण्ड कपलाई गत केही सालहरूमा एफएसडीएल र एआईएफएफ-बाट अपार समर्थन प्राप्त भएको छ अनि यसको निम्ति हामी आभारी छौं।
लेफ्टिनेण्ट जनरल मल्होत्राले यस साल डूरण्ड कपको पुरस्कार राशि १.२ करोड़ रुपियाँबाट बढ़ाएर ३ करोड़ रुपियाँ गरिएको पनि घोषणा गरे। यसबाहेक व्यक्तिगत विजेताहरूलाई ३ वटा एसयूभी पनि प्रदान गरिनेछ। सर्वश्रेष्ठ गोलकीपर, गोल्डन बूट र गोल्डन बल विजेताहरूलाई एसयूभी दिइनेछ। च्याम्पियन टीमलाई राष्ट्रपति भवनमा आमन्त्रित गरिनेछ, जहाँ उनीरूलाई प्रेसिडेण्ट्स कप प्रदान गरिनेछ। यस साल डूरण्ड कपमा आईएसएलका टीमहरू मोहन बगान, ईष्ट बेंगल, मोहमेडन स्पोर्टिंग क्लब, जमशेदपुर एफसी, पञ्जाब एफसी र गत विजेता नर्थ ईष्ट युनाइटेड एफसीले आफ्नो भागीदारी पुष्टि गरेको छ। यसरी टुर्नामेण्टमा २ वटा विदेशी टीम त्रिभुवन आर्मी एफसी (नेपाल) र आर्म्ड फोर्सेज (मलेशिया) सामेल हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement