‘उडान- रचनात्मकताको उडान’ आयोजकहरूले गरे मुख्यमन्त्रीसॅंग भेट

n6730576291752862628052e1c169405da295a7a55d17266b78513b5eb5938cbf36153313b56a9ad94670a3

गान्तोक: आज अन्तर विद्यालय शैक्षिक प्रतियोगिता ‘उडान- रचनात्मकताको उडान’ का आयोजकहरूले
मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग उनको आधिकारिक आवासमा भेट गरे। आगामी महिनाको अन्ततिर एसएमआईटी, माझीटारमा प्रस्तावित उक्त कार्यक्रमको आयोजना रोटरी क्लब अफ् गान्तोक र इनरवील क्लब अफ् गान्तोकले संयुक्त रूपमा गरिरहेको छ।
उडानले सिक्किमको सरकारी वा निजी विद्यालय, शहर वा ग्रामीण, सबै क्षेत्रका विद्यार्थीहरूलाई एकसाथ ल्याएर आफ्नो प्रतिभा प्रदर्शन गर्न एउटा साझा मञ्च उपलब्ध गराउने लक्ष्य लिएको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा बताएका छन्। उनले यसलाई युवाहरूमा रचनात्मकता, आत्मविश्वास र सहकार्यलाई प्रोत्साहन गर्ने प्रशंसनीय पहल रहेको बताएका छन्।
मुख्यमन्त्रीले आयोजकहरू र प्रतिभागी विद्यार्थीहरूलाई सफल अनि प्रेरणादायी कार्यक्रमको लागि शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement