ड्रग्ससितै आमा-छोरा पक्राउ

IMG-20250718-WA0133

गान्तोक: गत केही दिनदेखि यता सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले एक अभियान शुरू गरेको छ। यस अभियानअन्तर्गत पुलिसले प्रत्येक दिनजसो नै ड्रग्सको कारोबारीमा लिप्त हुनेहरूलाई पक्राउ गर्दै आइरहेको छ। यसक्रममा हिजो मंगन जिल्ला पुलिसले चाँदेबाट ड्रग्ससहित आमा-छोरालाई पक्राउ गरेको छ। पुलिसले थप जानकारी गराएअनुसार पक्रा पर्नेहरूमा डिकी ल्हमू तामाङ र सुदन तामाङकोरूपमा चिन्हित गरेको छ। आरोपीद्वयबाट पुलिसले ७२ वटा कफ सिरपको बोतल फेला पारेको छ। विश्वस्नीय सूत्रको आधारमा आरोपद्वलाई ड्रग्सको कारोबारी गर्दै गरेको अवश्थामा पक्राउ गरेको हो। पुलिसले उक्त सूचनाको आधारमा आरोपीको घरमा छापा मार्ने क्रममा भारी मात्रामा ड्रग्स फेला पारेको थियो। आरोपीद्वविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट 2006 अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। उल्लेखनीय छ, गत २६ जूनको दिन राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले नशालु पदार्थमुक्त सिक्किम बनाउने जोड दिएका थिए। उनले पुलिस प्रशासन साथै आम मानिसहरूलाई नशालु पदार्थ विरूद्धको लडाइमा पुलिस साथै सरकारलाई साथ दिने आग्रह गरेका थिए। उक्त कार्यक्रममा मुख्यमन्त्रीले नशालु पदार्थविरूद्धको लडाईमा पुलिसलाई हरेक प्रकारको सहयोग गर्ने वचन दिएको दिनदेखि यता पुलिसले सक्रियरूपमा नशालु पदार्थको धन्दामा संलग्न हुनेहरूलाई नशालु पदार्थ सहित पक्राउ गर्दै आइरहेको छ।

About Author

Advertisement