गान्तोक: अल लोकल ट्याक्सी सेन्ट्रल जोइन्ट एक्सन कमिटी गान्तोकद्वारा आयोजन भइरहेको सारथी आइडल सिजन-१ को आगामी २० जुलाईमा ग्राण्ड फिनाले सम्पन्न हुनेछ। उक्त कार्यक्रमको ग्राण्ड फिनाले राजधानीस्थित मनन केन्द्रमा हुनेछ। उक्त अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारूपमा उपस्थित हुनेछन्। राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन्। उक्त प्रतोयिगातका विजेतालाई मुख्यमन्त्री प्रेमसिंह तामाङले ५ लाख रुपियाँ, दोस्रो अनि तेस्रो उपविजेतालाई तीन अनि दुई लाख रुपियाँ प्रदान गर्ने भएको छ। साथै सबै फाइनलिस्टहरूलाई ५०-५० हजार प्रति नगद पुरस्कार प्रदान गरिनेछ।