पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन

IMG-20250718-WA0130

पूर्ण राजकीय सम्मानसहित अन्तिम संस्कार

गान्तोक: सिक्किमका वरिष्ठ साहित्यकार पद्मश्री सानु लामाको आज राजकीय सम्मानका साथमा अन्तिम संस्कार गरियो। सरकारका मुख्यमन्त्रीस मन्त्रीहरु, विधायकहरु, उच्च अधिकारीहरु लगायत नागरिक समाजको बाक्लो सहभागिताबीच अन्तिम विदाई दिइयो। आज बिहान विकास क्षेत्रस्थित लामाको निजी निवास परिसरमा बौद्ध धर्म परम्पराअनुसार श्रद्धासुमन अर्पण गरियो। उनको अन्तिम विदाईमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीमण्डलका सदस्यहरु, विधायकगण, सरकारका उच्च धिकारीहरु लगायत सिक्किम दार्जीलिङका साहित्यिक एवं सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। बिहान आठ बजी स्वर्गीय लामाको घरमा पुगेका मुख्यमन्त्री तामाङले अन्तिम श्रद्धाञ्जली अर्पण गरे। पछि दिछीलिङमा उनलाई सिक्किम पुलिसका जवानहरूले सलामी दिएका थिए।

उनको शवलाई राष्ट्रीय झण्डा ओड़ाएर सम्मान दिइएको थियो। यसबीच विभिन्न संघ संस्थानका प्रतिनिधिहरू लगायत सिक्किमका कलाकारहरूले साहित्यकार लामाद्वारा रचित कालजयी गीतहरु प्रस्तुत गरेर विदाई दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement