गान्तोक: सेक्टर मुख्यालय, सशस्त्र सीमा बल गान्तोकले तुम्लाबुङस्थित सरकारी जुनियर हाई स्कूलमा बिरुवारोपन अभियान आयोजन गऱ्यो। कार्यक्रममा अधिकारी, शिक्षक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिरुवारोपन अभियानको उद्देश्य प्रदूषण नियन्त्रण र हरियाली बढाएर पर्यावरण संरक्षणलाई प्रवर्द्धन गर्नु रहेको थियो। अभियानको क्रममा विभिन्न प्रजातिका कुल २०० बिरुवारोपिएका थिए। रोपिएका बिरुवाहरूको हेरचाहको जिम्मेवारी लिन विद्यार्थीहरूलाई प्रेरित गरिएको थियो। बिरुवारोपन अभियानको सफल समापनले गान्तोकमा हरियाली र स्वस्थ पर्यावरण सिर्जना गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको सङ्केत गरेको छ।