जोरथाङ: मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सद्गुरुदेव सतपालजी महाराजको निर्देशनअन्तर्गत भएको अभियान “रुख लगाऔं भविष्य बचाऔं” को नारालाई आत्मसात गर्दै समितिले ५ देखि २० जुलाईसम्म देशव्यापी रुरमा शुरु गरेको छ। यस मुहिमलाई सक्रिय रुपमा कार्यमा उतार्ने समितिले प्रण गरेको छ। गुरुमहाराजजीको आज्ञालाई पालन गर्दै मानव उत्थान सेवा समिति सिक्किम राज्यले अभियानलाई आत्मसात गर्दै ६ जिल्लाको दस तहसीलहरुको विभिन्न शाखाहरूमा ५ जून विश्व पर्यावरण दिवसको दिनदेखि नै निरंतर रुपमा विभिन्न स्थानहरूमा बिरुवारोपन कार्यक्रम गर्दै आईरहेछ। यसक्रममा जोरथाङ तहसिलद्वारा,जोरथाङ र दरामदिन तहसीलकी सह-प्रभारी महात्मा अलकनन्दा बाईजी तथा महात्मा हरिदिता बाईजीको सक्रियतामा दक्षिण सिक्किमको किच्चुडुम्रामा निर्माणाधीन तरूणदीप राई आर्चेरी अकाडेमीका ठेकेदार अजय अग्रवालको अगुवाईमा निर्माणाधीन परियोजनाको परिसरमा बिरुवारोपन कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस अभियानमा साना-ठूला गरि जम्मा ४०० जति विभिन्न प्रजातिका बिरुवा रोपियो। जसमा जामुन, कटहर,पारिजात, राजवृक्ष, जरुल, मजुर, लालुपाते, जवाकुसुम, आँप, अम्बक, फामफल तथा सरिफा जस्ता बिरुवाहरू लगाइएयो। जोरथाङ तहसिल भित्र पर्ने जोरथाङ शाखा, माबोङ शाखा र केराबारी शाखाका प्रेमी-भक्तजनको विशेष पहल बीच कार्यक्रम सम्पन्न भएको थियो।