सिलगढीमा एसएनटी बस जलाइयो

IMG-20220918-WA0202.jpg

गान्तोक: सिलगड़ी सालुगड़ा अनि सेभोकमाझमा बस अनि स्कुटीमाझ भएको दुर्घटनामा स्कुटी चालकले ज्यान गुमाएपछि आक्रोशित स्थानीयहरूले सिक्किम राष्ट्रकृत परिवहन (एसएनटी)-बस पूर्ण रूपले क्षतिग्रस्त पारिदिएको छ। विशेष सूत्रमार्फत प्राप्त जानकारी अनुसार, यस दुर्घटना आज बेलुकी लगभग ४.३० बजीतिरको हो। दुर्घटनामा स्कुटी सवारले घटनास्थलमै दम तोड़ेपछि आक्रोशित मानिसहरूले पहिला बसमा ढुंगा प्रहार गर्दै तोड़फोड़ गरे भने पछि स्थिति अझ उग्र बनेपछि उनीहरूले एसएनटी बसमा आगो झोसिदिए। हेर्दाहेर्दै बसमा आगो अनियन्त्रित बनेपछि पूर्ण रूपले क्षतिग्रस्त बनेको छ। घटनाको जानकारी पाउनसाथै स्थानीय दमकलकर्मीहरूले आगोलाई निभाउने प्रयास गरेपनि त्यस समयसम्म बस पूर्ण रूपले ध्वस्त भइसकेको थियो। हाल पुलिसले घटनाबारे जाँच गरिरहेको थाहा लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *