सिलगढ़ी: खोरीबाड़ीको पानीट्यांकी भारत-नेपाल सीमाबाट एकजना बंगलादेशी अनुप्रवेशकारीलाई सशस्त्र सीमा बल (एसएसबी)-ले समातेको छ। पक्रा पर्ने बंगलादेशी नागरिकको पहिचान बंगलादेशको ठाकुरगाउँ निवासी महन्त बर्मनको रूपमा भएको छ।
सूत्र अनुसार सीमामा गस्ती गर्ने क्रममा एकजना संदिग्ध व्यक्तिलाई देखियो। उसित जाँचबुझ गर्दा उसको कुरामा विरोधाभास पाइयो, त्यसपछि एसएसबीले उसलाई हिरासतमा लियो। जाँच गर्दा उसको बंगलादेशी पहिचान पत्र, भारतीय आधार र प्यान कार्ड भेटियो। उक्त बंगलादेशी नागरिक हल्दीबाड़ीको बाटो भएर भारतमा प्रवेश गरेको थियो। लगभग एघार महिनादेखि उ भारतमा बस्दै आइरहेको थियो। पछि एसएसबीले उक्त बंगलादेशीलाई खोरीबाड़ी पुलिसलाई सुम्पिदियो। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
एसएसबीले अग्रिम कारबाहीको लागि बंगलादेशी अनुप्रवेशकारीलाई खोरीबाड़ी पुलिसमा सुम्पिदिएको छ।