दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बिहीवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको थियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा आप्पा सेवेन एफसी-ले दार्जीलिङ स्टार एफसीविरुद्ध ३-२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट साहिल बिश्वा, निश्चल राई र सुलब राईले १-१ गोल गरे। दार्जीलिङ स्टार एफसी को तर्फबाट अमन राई र बिशोप छेत्रीले १-१ गोल गरे। दोस्रो म्याच मा युनाइटेड बड़ा पत्ताबोंगले टाउन युनाइटेड एफसीविरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सहयोग गुरुङले गोल गरे।











