खरसाङ: केही दिन अघि बिजनबारी खण्ड अन्तर्गत गोक एक ग्राम पञ्चायतको लोवर गोकमा भएको घटनामा खरसाङ महकुमा अन्तर्गत सिंगेल चियाबारीको कोठीधुरा निवासी प्रनिल जोगीको ढुङ्गाले थिचेर मृत्यु भएको थियो। उक्त मृतकको परिवारलाई आज पश्चिम बंगाल सरकारको आपदा प्रबन्धन विभागको तर्फबाट २ लाख रुपियाँको आर्थिक प्रदान गरिएको छ। मृतकको परिवारलाई आर्थिक सहयोग प्रदान गर्नलाई आज खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान र उनको टोली, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, टुंगो सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पा, सन्त मेरिज दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान सहदेव तामाङ अनि उनको टोली सिंगेल चियाबारीको कोठीधुरास्थित घरमा आएर आर्थिक सहयोगस्वरुप उक्त २ लाख रूपियाँ मृतककी आमा टिकामाया जोगीलाई प्रदान गरिएको छ। यस विषयमा पत्रकारजरुसित कुराकानी गर्दै, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले पश्चिम बंगाल सरकारको आपदा प्रबन्धन विभागको तर्फबाट दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई २ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको बताएका छन्। त्यसरी नै खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले बिजनबारीको गोकमा भएको दु:खद घटनामा खरसाङ खण्ड अन्तर्गत सिंगेल चियाबारीको व्यक्तिको मृत्यु भएको जानकारी पाएर हामीले खोज तलाश गरेर आज मृतकको परिवारलाई आपदा प्रबन्धन विभाग पश्चिम बंगाल सरकारको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराएकी छन्। उनले परिवारमा परेको यो दु:खद समयमा हामी पनि सामेल भएर यो सहयोग गरिएको र यसबाट परिवारको सदस्य फर्केर र आउँदैन तर मृतकको परिवारलाई केही सहयोग होस् भनेर यो विभागको तर्फबाट सहयोग गरिएको बताएकी छन्।यस विषयमा क्षेत्रीय सभासद नुरी शेर्पाले मृतक व्यक्ति सिंगेल चियाबारीको याद भएपछि हामीले खोज तलास गरेर यहाँ आईपुगेको र परिवारको दुःखद घडीमा सामेल भएको र आपदा प्रबन्धन विभागको तर्फबाट मृतकको परिवारलाई २ लाख रुपियाँको आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराएका छन्। उनले मृतकले पाउने अन्य सहुलियतहरु पनि खोजेर निकाल्ने बताएका छन्। यस अवसरमा पञ्चायत प्रधान सहदेव तामाङ र आपदा प्रबन्धन विभाग खरसाङको अधिकारीले विस्तृत रुपमा जानकारी गराएका छन्।