चुङथाङमा राज्य प्रकोप जोखिम न्यूनीकरण दिवस पालन

1619457339_68354548_2414354008845973_5188420544831160320_n.jpg

मंगन: मंगन जिल्लाले आज चुङथाङमा राज्य प्रकोप जोखिम न्यूनीकरण दिवस मनायो। सिक्किममा १८ सेप्टेम्बर, २०११ मा आएको भयावह भुँइचालोको स्मरण गर्दै यो दिवस मनाइएको थियो। यस अवसरमा कार्यक्रमको आयोजना सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले जिल्ला आपदा प्रबन्धन प्राधिकरणको संयुक्त तत्वावधानमा गरेको थियो।
कार्यक्रममा क्षेत्र विधायक तथा मन्त्री साम्डुप लेप्चा मुख्य अतिथि थिए। कार्यक्रममा जिल्लापाल डा. एबी कार्की लगायत विभिन्न विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। भुॅंइचालोको चपेटमा परेर ज्यान गुमाउने व्यक्तिहरूको स्मरण गर्दै कार्यक्रमको शुरूवात घीउको दियो र क्याण्डल जलाएपछि दुई मिनट मौन धारणका साथ गरियो।

कार्यक्रममा २०११ मा आएको भुँचाइलो विषय प्रस्तुतिकरण दिइयो। यसै गरी, भुँइचालो सुरक्षामाथि जागरूकता पनि सम्पन्न गरियो। यस अतिरिक्त जागरूकताका लागि ऱ्याली पनि निकालिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *