पैह्रोले एनएच १० बन्द, रोड खुलाउने प्रयास जारी

IMG-20250718-WA0076

हाईवे: आज बिहान लगभग ११. ३० बजीतिर पैह्रो गएर एनएच १० बन्द भएको छ।‌एमएच १० अन्तर्गत बिरिक डाँडाको भूइँचालेमा पैह्रो झरेर झरेकोले राजमार्ग १० पूर्ण रुपले बन्द भएको छ। तथापि बाटो खुलाउने प्रयास जारी रहेको छ। एनएचआईडीसीएलले पैह्रो हटाउन ५ वटा मशीनहरु राखेको छ। तर माथिबाट पैह्रो झर्ने क्रम अझै जारी रहेको बताइएको छ। समाचार लेखुञ्जेलसम्म हाईवे खुलाउन सकिएको छैन।

सबै यात्रीहरुले सुरक्षालाई ध्यानमा राखेर अन्य विकल्प मार्ग अप्नाउने पुलिस प्रसाशनले अनुरोध गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement