वर्तमान परिस्थितिलाई निहाल्दा छैटौं अनुसूची नै हुनु पर्ने नितान्त आवश्यक रहेको देखिएको छ: निमा लामा
खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। सभामा पाँचवटा समष्टिका प्रतिनिधिवर्ग अध्यक्ष-सचिव लगायत सम्पूर्ण भातृ संगठनका प्रतिनिधिवर्ग उपस्थित रहेका छन्। सभामा गोरामुमो अध्यक्ष मन घिसिङको दिशा निर्देशनमा समष्टिको सांङ्ठनिक विस्तार अनि गतिविधिलाई लिएर छलफल गर्दै सांङ्ठनिक गतिविधिहरुलाई अघि बढाउने निर्देशन दिएका छन्। अब पार्टीले वृहत रुपमा कार्यक्रमहरु गर्ने, घर दैलो अभियान गरी गोर्खाहरुको समस्याको समाधान नजिक रहेको साथै २००७ जस्तो अब दोहोरिनु नदिनुको कारण जनतामा जागरुक गराउने जनाएका छन्। आगमी दिनहरुमा वृहत रुपमा प्रतिनिधि सभाको आयोजना गर्नेछौं।यसकारण जनता अब निर्धक्क भएर बस्दा हुन्छ समय नजिकै आएको छ। पार्टी अध्यक्ष मन घिसिङले गोर्खा जातिको निम्ति निरन्तर कार्य गरिरहेका छन् भनी निमा लामाले आफ्नो सम्बोधनको क्रममा भने।

वर्ष २००७ मा पहाडको नेताहरू बुद्धिजीवीहरुद्वारा जुन गल्ती भयो अहिले आएर त्यहीँ नेता अनि बुद्धिजीवीद्वारा छैटौं अनुसूची सही थियो भन्ने कुराहरू मिडियामा आइरहेका छन्। वर्तमान समय पहाडमा जमीन विषय लिएर विभिन्न किसिमको राजनीति चलिरहेका छन्। वर्तमान परिस्थितिलाई निहाल्दा छैटौं अनुसूची नै हुनु पर्ने नितान्त आवश्यक रहेको निमा लामाले सभामा जनाएका छन्।