सलोनी राई स्मृति नक्आउट फूटबलः शक्ति संघ कालीझोड़ा विजयी

IMG-20220918-WA0178.jpg

१८ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज भएको उद्घाटन म्याचमा शक्ति संघ कालीझोड़ाले सिम्ले युनाइटेडलाई सजिलैसँग ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट कुमार खवास र सुमित गुरुङले २-२ गोल गरे। यसबाहेक पेम छिरिंग लेप्चा र अभिराज गुरुङले पनि १-१ गोल गरे। सिम्ले युनाइटेडबाट क्रिस र अमन मगरले १-१ गोल गरे। अब सोमवार खेलिने म्याचमा सांग्चू र फाल्कन रम्बीबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement