प्लेटिनम जुब्ली कपः कुमुदिनी होम्स च्याम्पियन

IMG-20220918-WA0163.jpg

१८ सेप्टेम्बरः सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको कौस्तुब जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगितामा कालेबुङको कुमुदिनी होम्स च्याम्पियन भयो। आइतवार मंगपू जनमैदानमा भएको म्याचमा कुमुदिनी होम्सले आरकेएसपी, दार्जीलिङलाई १-०-ले पराजित गऱ्यो। फाइनल म्याच आशानुरुप चरम प्रतिस्पर्धी रह्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल प्रवेश छेत्रीले पहिलो हाफको २०औं मिनटमा छिराए।

आरकेएसपी-का रिनछेन तामाङलाई प्लेयर अव् द म्याच अनि कुमुदिनी होम्सका आशिष राईलाई प्लेयर अव् द टुर्नामेण्ट चयन गरियो। आयोजक सरस्वती हायर सेकेण्डरी स्कूलका पूर्व शिक्षक केबी गिरीको अध्यक्षतामा भएको समापन समारोहमा मुख्य अतिथिको रूपमा सभासद रतन कुमार थापा, विशिष्ट अतिथिको रूपमा जिल्ला शारीरिक शिक्षा खेलकुद अधिकारी नोएल लेप्चा, पूर्व प्रधान अध्यापक एनबी छेत्री अनि पूर्व शिक्षिका पनिता राई उपस्थित थिए। अन्तमा मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूका बाहुलीबाट ट्रफी अनि अन्य पारितोषिकहरू वितरण गरियो। गत १२ सेप्टेम्बरदेखि शुरु भएको यस टुर्नामेण्टमा जम्मा आठवटा स्कूलको टीमले हिस्सा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement