पाकिम: पाकिम जिल्लाका कृषकहरूलाई लिएर आज पशुहरूमा लाग्ने विभिन्न प्रकारको रोगबारे जागरूकता कार्यक्रम सम्पन्न भयो। कार्थोक नाम्चेबुङ डेयरी केन्द्रमा सम्पन्न उक्त सचेतना कार्यक्रम पाकिम जिल्लाका पशुपालन एवं पशु चिकित्सा सेवा विभागको पहलमा आयोजन गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य स्थानीय किसानहरू र पशुधन मालिकहरूलाई लम्पी छाला रोग, अफ्रिकी स्वाइन फिभर, र पोर्सिन प्रजनन तथा श्वासप्रश्वास सिन्ड्रोम जस्ता बढ्दो पशुधन रोगहरूको बढ्दो खतराबारेमा जागरुक गराउने थियो। कार्यक्रममा पशु स्वास्थ्य व्यवस्थापनमा उत्कृष्ट अभ्यासहरू र रोग रोकथाम र नियन्त्रणका लागि रणनीति तयार गर्ने विषयमा चर्चा परिचर्चा गरियो। यस अवसरमा सहभागीहरूलाई दूध प्रोत्साहन योजना, सुँगुर उत्पादन प्रोत्साहन योजना, गाईवस्तु बीमा योजना, किसान क्रेडिट कार्ड लगायत अन्य योजनाहरूबारेमा पनि जानकारी गराइयो। योजना ग्रामीण किसानहरू र पशुधन उत्पादकहरूलाई सहयोग र सशक्तिकरण गर्ने उद्देश्यले शुरू गरिएको हो।