गुरुङगाउँमा इडेन सोसाइटीको सफाई अभियान

IMG-20250717-WA0149

गान्तोक: पुर्व सिक्किमको साम्बोङको इडेन सोसाइटीले आज गुरूङगाउँ निम्न माध्यमिक विद्यालय परिसरमा सफाई अभियान चलायो। स्कूल खेल मैदानको झरेको पैह्रोलाई सफाई गर्ने काम पनि संघले पूरा गरेको छ। सोसाइटीका अध्यक्ष हेमप्रसाद शर्माको नेतृत्वमा गरिएको सो पहललाई समाजका सम्पूर्ण सदस्यहरुको सहयोगमा आफ्नो गाउँ आफैं बनाऊँ साथै स्वच्छता नै हाम्रो स्वस्थ्यता हो भन्ने नारा दिइएको थियो। सोसाइटीले यस्तो पहलहरू अघिदेखि नै गर्दै आएको छ। जसमा सड़क सफाई, सड़कका छेउमा बिरुवारोपण, आपदाहरुमा सहयोग गर्दै आएको छ। यसरी नै वर्षा मौसमअवधिमा फल-फूलका बिरुवाहरू रोप्ने कार्य गर्ने जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement