मंगन: श्रवणकुमार पुरस्कार २०२५ को लागि सम्भावित मनोनयनबारेमा छलफल गर्न मंगन जिल्लास्तरीय चयन समितिको बैठक आज जिल्लापाल कार्यालयमा सम्पन्न भयो। ग्रामीण विकास विभागद्वारा आयोजना गरिएको बैठकमा जिल्ला पञ्चायत अध्यक्ष कादो लेप्चा, अतिरिक्त जिल्लापाल प्रेम वाङछेन नाकर्पा, अतिरिक्त जिल्लापाल (विकास) सोनाम आर लेप्चा लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। राज्य सरकारले प्रत्येक वर्ष स्वतन्त्रता दिवसको अवसरमा श्रवमकुमार पुरस्कार प्रदान गर्दै आइरहेको छ। विशेष गरेर उक्त पुरस्कार आफ्नो आमा-बाबालाई राम्रोसँग हेरचाह गर्ने सन्तानलाई प्रदान गरिन्छ। श्रवणकुमार पुरस्कारमा नगद एकलाख रूपियाँ प्रदान गरिन्छ भने उक्त पुरस्कारको निम्ति प्रत्येक ग्राम पञ्चायत यूनिटबाट नाम मनोनित गर्ने प्रक्रिया रहेको छ। यस वर्ष छनोट नभएका व्यक्तिहरू, साथै आवेदन नगरेकाहरूले अर्को वर्ष फेरि आवेदन गर्ने अवसर पाउनेछन्।