गान्तोक: अल लोकल ट्याक्सी एसोसिएशनको सेन्ट्रल जोइन्ट एक्सन कमिटी गान्तोकको पहलमा गत २६ मईदेखि शुरू भएको सारथी आइडलको ग्राण्ड फिनाले आगामी २० जुलाईको दिन हुने। विकास क्षेत्रस्थित अनुसूचित जाति भवनमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसकेएम सांस्कृतिक प्रकोष्ठका महासचिव बिमल न्यौपानेले उक्त जानकारी गराएका हुन्। उनले थप बताएअनुसार यस प्रतियोगितामा कूल दुईसय भन्दा अधिक चालकवर्गले सहभागिता जनाएका थिए। गत २३ जूनको दिन सम्पन्न भएको सेमीफाइनल राउण्डबाट कूल ७ जनालाई छनौट गरिएको छ भने उनीहरुले आगामी २० जुलाईको दिन सम्पन्न हुने ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुती दिनेछन्। ग्राण्ड फिनाले प्रतियोगिता राजधानीस्थित मनन केन्द्रमा हुने र सो कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारूपमा उपस्थित हुने बताए। उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख, दोस्रोलाई ३ लाख र तेस्रो हुनेलाई २ लाख सहित ट्रफी प्रदान गरिने उनले पत्रकारहरूलाई जानकारी गराए।