किंग्स्टन: वेष्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलले २२ जुलाईमा यहाँ अष्ट्रेलियाविरुद्ध दोस्रो टी२० अन्तर्राष्ट्रिय म्याच खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। यसको साथै उनको १५ सालको अन्तर्राष्ट्रिय करियर पनि समाप्त हुनेछ। रसेलको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा ठूलो उपलब्धि २०१२ र २०१६-मा टी२० वर्ल्ड कप च्याम्पियन बन्ने वेष्ट इण्डिज टीमको सदस्य रहनु हो। उनले २०१९-देखि केवल टी२० प्रारूपमा खेलिरहेका छन्। उनले वेष्ट इण्डिजको तर्फबाट ८४ वटा टी२० अन्तर्राष्ट्रिय, ५६ वटा वनडे र एउटा टेस्ट म्याच खेलेका छन्। जमैकाका यस ३७ वर्षीय खेलाड़ीलाई अष्ट्रेलियाविरुद्ध ५ वटा टी२० म्याचको सीरीजको निम्ति वेष्ट इण्डिज टीममा चयन गरिएको छ तर उनले सीरीजमा केवल दुईवटा म्याच खेल्नेछन्। उनले २० र २२ जुलाईमा आफ्नो घरेलु मैदान सबीना पार्कमा २ वटा टी२० म्याच खेलेर खेलबाट बिदा लिनेछन्। यसरी रसेलले भारत र श्रीलंकामा आउँदो साल हुने टी२० वर्ल्ड कपको केवल ७ महिना अघि यस्तो फसेला गरेर सबैलाई चकित बनाएका छन्।
रसेलले क्रिकेट वेष्ट इण्डिजद्वारा जारी बयानमा भनेका छन्, म आफ्नो भावनाहरूलाई शब्दमा बयान गर्न सक्दिनँ। वेष्ट इण्डिजको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा गौरवपूर्ण उपलब्धिहरूमा एक रह्यो। यस आक्रामक अलराउण्डरले ८४ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा ६१ विकेट लिनको साथै १६३.०८-को स्ट्राईक रेटले १०७८ रन बनाएका छन्। यसरी उनले वनडेमा १०३४ रन बनाएका छन्। वनडे प्रारूपमा उनले ७० विकेट लिएका छन्। यसअघि वेष्ट इण्डिजका पूर्व कप्तान निकोलस पूरनले पनि केवल ३० सालको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट अचानक सन्न्यास लिएका थिए।