नयाँ दिल्ली: भारतका पूर्व हकी खेलाड़ी पीआर श्रीजेशले एफआईएच प्रो लीग २०२४-२५ को यूरोपियन चरणमा भारतीय टीमको खराब प्रदर्शनलाई अगस्तमा हुने एशिया कप अघि एउटा चेताउनी बताएका छन्। श्रीजेशले भने, मेरो विचारमा टीमले असल प्रदर्शन गर्यो। हामीले मौकाहरू बनायौं अनि मैदानमा कड़ा चुनौती पेश गर्यौ तर धेरैपल्ट परिणाम तपाईंको पक्षमा रहँदैन। यो परिणाम एशिया कप र आउँदो साल हुने वर्ल्ड कप र एशियन गेम्स जस्ता महत्त्वपूर्ण टुर्नामेण्टहरू अघि हाम्रो निम्ति एउटा चेताउनी हो। भारतले एफआईएच प्रो लीग २०२४-२५ को यूरोपेली चरणमा लगातार ७ वटा हारको सामना गर्नु पऱ्यो। भारत अहिले पोइण्ट्स टेबलमा आठौं स्थानमा रहेको छ। एशिया कप २०२५-को आयोजन बिहारको राजगीरमा २७अगस्तदेखि ७ सेप्टेम्बरसम्म हुनेछ। यसरी हकी वर्ल्ड कप २०२६ बेल्जियम र नीदरल्याण्डको संयुक्त आयोजनमा १४-देखि ३० अगस्तसम्म खेलिनेछ। एशियन गेम्स १९ सेप्टेम्बरदेखि ४ अक्टोबर, २०२६ सम्म आयोजित हुनेछ। भारतले यस साल २८ नोभेम्बरदेखि १० दिसम्बरसम्म चेन्नई र मदुरैमा एफआईएच जूनियर वर्ल्ड कपको आयोजन गर्नेछ। भारतीय जूनियर हकी टीमका मुख्य प्रशिक्षक श्रीजेश टीमको तयारीमा कुनै कमी राख्न चाहँदैनन्। उनले भने, मेरो काम खेलाड़ीहरूलाई यी टुर्नामेण्टहरूका निम्ति असल तरिकाले तयार गर्नु हो। जूनियर वर्ल्ड कपमा भारतसँग पूल बी-मा पाकिस्तान, चिली र स्विट्जरल्याण्ड रहेको छ। अपरेशन सिन्दूरपछि जूनियर वर्ल्ड कपमा पाकिस्तानको भागीदारीमाथि अनिश्चितताको बादल छाएको छ तर श्रीजेश केवल एउटा विशेष टीममाथि ध्यान केन्द्रित गर्न चाहँदैनन्। उनले भने, हामी एउटै पूल (भारत र पाकिस्तान)-मा रहेका छौं तर म खेलाड़ीहरूले एउटा विशेष टीमबारे सोचेको चाहदिनँ।