दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीग मा बिहीवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको थियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा पोख्रेबुङ ब्रदर्स युनाइटेडले सेण्ट पल्स स्कूल विरुद्ध १२-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट इश्वन छेत्रीले ह्याट्रिक गरे। अभिनन्द राई र इशान्त राईले २-२ गोल गरे। मिलन बराईली, उज्ज्वल राई, मिलन रसाईली र प्रजु थापाले १-१ गोल गरे। अन्य एक गोल आत्मघाती (उर्गेन शेर्पा) रह्यो। यसरी सेण्ट पल्स स्कूलको तर्फबाट अयुष्मान तन्वीरले १ गोल गरे। दोस्रो म्याचमा रंगबूल फूटबल एकाडमीले तरुण खेलकुद स्पोर्ट्स एकाडमीविरुद्ध ४-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अभिलाष छेत्री र अमन तामाङले २-२ गोल गरे।