चेम्चेस्थित इन्डियान हिमालय सेन्टर फर एडभेन्चर एण्ड ईको टुरिज्ममा तीन दिवसीय ओशो ध्यान उत्सव, स्वास्थ्य सम्पन्न

IMG_20220918_233636.jpg

गान्तोक: दक्षिण सिक्किमको चेम्चे स्थित इन्डियान हिमालय सेन्टर फर एडभेन्चर एण्ड ईको टुरिज्ममा ओशो इन्द्रकिल फाउन्डेसन सिक्किमद्वारा आयोजित तीन दिवसीय ओशो ध्यान उत्सव, स्वास्थ्य र ध्यान विषयवस्तुमा आधारित शिविर सम्पन्न भयो।

उत्तर प्रदेशको राजधानी लखनाउँबाट आएका स्वामी आत्मो निनादद्वारा संचालित शिविर गत १४-सेप्टेम्बरमा आरम्भ भएर १६-सेप्टेम्बर साझसम्म चलेको थियो। यस तीन दिवसीय शिविरमा विभिन्न प्रकारका ध्यानका गतिविधि गराइएको थियो। बिहान योगा साथै ओशोद्वारा निर्मित सक्रिय डायनामिक ध्यानबाट शुरूवात गरि विपासना, नटराज, हमिङ, नोमाईण्ड, कुन्डलीनी ध्यान आदि जस्ता ध्यानका क्रिया गराएर प्रत्येक साँझ उत्सव, मौनध्यान साथै ओशोका प्रवचनहरुका साथमा शिविर समापन भयो। सहजकर्ता स्वामी आत्मो निनादले, ” सिक्किममा यसरी ध्यान शिविर आयोजना गरेर उनलाई निमन्त्रण गरेकोमा सिक्किमका सन्यासी प्रेमीहरु प्रति आभार एवं कृतज्ञता प्रकट गर्दै सिक्किम तपोभुमी हो र यस्तो प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा ध्यान गर्नु बढो भाग्यको कुरा रहेको बताए। भविष्यमा पनि सिक्किममा यसरी ध्यान शिविरमा सहभागिता जनाउने बचन दिँदै ओशो इन्द्रकिल फाउन्डेसनका सबै सन्यासीहरुलाई सहज भएर खुब ध्यानसाधना लिन हुने सुझाव एवं आशीर्वाद दिए।

उक्त ध्यान शिविरमा देशका विभिन्न ठाउँ जस्तै नोएडा , हरिद्वार, बेङ्लोर, सिलगढी, राजस्थान साथै सिक्किमका चारैतिरका ओशो सन्यासीहरुले सहभागिता जनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *