दार्जीलिङ: सेवक रोडमा आज एसएनटी बससंग एउटा स्कुटरको ठोक्किदा स्कुटरमा सवार भएका सचिन छेत्रीको मृत्यु भयो। दुर्घटना पश्चात स्थानीय वासिन्दाहरुले आक्रोश प्रकट गर्दै एसएनटी बस माथि आगो लगाइए।
दुर्घटना, दुर्घटना नै हो। दुर्घटनामा मृत्यु हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका स्थानीय अध्यक्ष थिए। सचिन छेत्रीको मृत्यु परिवारको निम्ति मात्र नभएर पार्टीको निम्ति पनि दुर्घटना नै हो। हामीले एउटा कुशल नेतृत्व गुमाएका छौ।घटनाको खबर पाउने साथ म सेवक पुगे। स्थानीय बासिन्दालाई आक्रोश होइन विवेकशील भएर काम गर्न निवेदन गरे। स्थितिलाई साम्य बनाए।परिवार संग समय बिताए। सचिनको परिवार सानो परिवार छ। सानो नानी छ। अब परिवारले आफ्नो जीविका त चलाउनु नै पर्छ। दुर्घटना सिक्किम राज्यको परिवहन विभागको बस एसएनटी संग भएको हो। आज रात धेरै बिती सक्यो। यो समय म बाटोमा छु। म भोली नै सिक्किमका मुख्यमन्त्री माननीय पि एस गोले ज्युलाई घटना विषय अवगत गराएर पीडित परिवार पक्षलाई न्याय दिलाउन निवेदन गर्नेछु।
परिवारको वर्तमान आवश्यक्ता विषय मैले पार्टीका स्थानीय नेतृत्वलाई सहायताको निम्ति निर्देश दिएको छु।
सचिन भाइको आत्माको शान्तिको कामना गर्दछु।
अनित थापा










