सोनादा: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) को मुण्डा बासघारीमा एक सभा पार्टीका वरिष्ठ सदस्य कमरेड एनबी प्रधानको सभापतित्वमा सम्पन्न भयो। यस सभामा क्रामाकपा केन्द्रीय महासचिव कमरेड नर्बु लामा, दार्जिलिङ आञ्चलिक समिति सभापति कमरेड कृष्णबीर राई, सचिव उद्धव खनाल, सोनादा जोनल सभापति कमरेड अकबर चामलिङ, कमरेड अनर सुब्बा आदि उपस्थिति रहेका थिए। सभालाई कमरेड अकबर चामलिङले सञ्चालन गरेका थिए। आजको सभामा क्रामाकपा मुण्डा बाँसघारी शाखाको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरियो। कमरेड देउकुमार छेत्री, कमरेड मधुकर प्रधान, कमरेड सुनिल राई, कमरेड बिरेन सुब्बा, कमरेड नविन चामलिङ, कमरेड मणि सिन्हा, कमरेड बिरसिका राई, कमरेड मञ्जिता कमरेड राई, कमरेड सुरैया देवान, कमरेड रमेश छेत्री, कमरेड दिनेश छेत्री, कमरेड महात्मा चामलिङ, कमरेड हेम राई, कमरेड अकबर चामलिङ साथै अनर सुब्बालाई लिएर जम्मा १७ जनाको एक पूर्णाङ्क कमिटीको गठन गरियो भने सचिव देवकुमार छेत्री, सहसचिव मधुकर प्रधान, कोषाध्यक्ष सुनिल राई रहेका छन्। यस समितिलाई आफ्नो समर्थन अथवा विरोध हात उठाएर जनाईदिने अनुरोध सभापतिले गरेपछि उपस्थित सवैले समर्थन जनाए। त्यसपछि सभापतिले समिति गठन भएको घोषणा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै क्रामाकपा महासचिव नर्बु लामाले नवगठित समितिलाई रक्तिम अभिन्दनसहित हार्दिक बधाई साथै शुभकामना जनउँदै यस समितिले सधैँ अनुशासित साथै लगनशिल भएर पार्टीले लिएका कार्यक्रमहरूमा अंश ग्रहण गर्नेछ भन्ने म आशा साच्दछु उनले भने।

अन्य शाखाहरुमा पनि नयाँ कमिटी गठन गरिने सबैलाई जानकारी गराउँदै क्रामाकपा दार्जिलिङ आञ्चलिक समितिले आगमि २७ जुलाई २०२५ शहीद दिवसको कार्यक्रममा सबैले उपस्थिति जनाईदिने अपिल सबैलाई गरे। कार्यक्रमलाई कमरेड नविन चामलिङ, कमरेड कृष्णवीर राईले पनि सम्बोधन गरेका थिए।