खरसाङ नगरपालिकाको सम्पूर्ण कर्मचारीहरुको‌ लागि स्वास्थ्य जाँच शिविरको आयोजना

IMG-20250717-WA0096

खरसाङ: खरसाङ नगरपालिकाको स्वस्थ्य विभागमार्फत प्रतिवर्ष झैं यस वर्ष पनि खरसाङ नगरपालिकामा कार्यरत् सम्पूर्ण कर्मचारीहरू लगायत स्वच्छ एवं स्वस्थ्य विभाग अन्तर्गत सफाईकर्मीहरु कर्म बन्धु, निर्मल साथी साथै एसडब्ल्युएम प्रोजेक्ट कार्यरत् कर्मचारीवृन्दको स्वस्थ्य जाँच गरियो। आजको स्वास्थ्य जाँच शिविरमा खरसाङ नगरपालिकाकै डा. एस शिकारी, डा. एस बानिक, पीएचएन पब्लिक हेल्थको नर्स नानुका गुरूङ लामा साथै स्वस्थ्य विभाग हेल्थ वर्करहरूको उपस्थितिमा स्वस्थ्य जाँच शिविर सम्पन्न गरियो।

आज सम्पन्न स्वस्थ्य जाँच शिविरमा जम्मा ८७ जनाले स्वास्थ्य जाँच गराएको‌ जानकारी प्राप्त भएको छ। आज सम्पन्न स्वस्थ्य जांएँच गराउन कतिपय वार्डका नगरवासीहरू पनि उपस्थित रहेका थिए। यस स्वास्थ्य जाँच शिविर विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाको‌ सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बाले प्रत्येक वर्ष झैं यस वर्ष पनि खरसाङ नगरपालिकाको कर्म बन्धु, निर्मल बन्धु, निर्मल साथी लगायत सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य जाँच गराउन स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको जानकारी गराएका छन्।

उनले यस शिविरमा विभागीय डाक्टर, नर्सहरुले सहयोग गरेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement