सोनादा: वनस्पति विज्ञान विभाग, कालेबुङ कलेजको आयोजनामा तथा पूर्व कोलकाता वेटल्याण्ड व्यवस्थापन प्राधिकरण, वातावरण विभाग, पश्चिम बंगाल सरकारको प्रायोजनमा “हाम्रो साझा भविष्यका लागि दलदल संरक्षण” शीर्षकमा एक दिवसीय राष्ट्रिय सेमिनार सम्पन्न गर्यो। सेमिनारको उद्देश्य दलदल क्षेत्रहरूको जैविक, पारिस्थितिक र सामाजिक महत्त्वबारे जनचेतना फैलाउने र संरक्षणको आवश्यकता उजागर गरिएको छ। देवी छेत्री(शिक्षक-प्रभारी कालेबुङ कलेज) ले स्वागत सम्बोधनमा यस्तो शैक्षिक कार्यक्रमहरूले वातावरण संरक्षणप्रति चेतना बढाउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्। परिचयात्मक मन्तव्य दिदैँ डा. जयश्री प्रधानले (सङ्गोष्ठी संयोजक तथा वनस्पति विज्ञान विभाग प्रमुख) संङ्गोष्ठीको पृष्ठभूमि, उद्देश्य, र दलदल संरक्षणको सन्दर्भमा यसको महत्वबारे प्रकाश पारिन्।प्राविधिक सत्रहरू सेमिनारलाई दुई भागमा विभाजन गरी प्रथम सत्रमा प्रोफेसर (डा.) मनोरञ्जन चौधरी, उत्तर बंगाल विश्वविद्यालयको वनस्पति विभागबाले आफ्नो मुख्य वक्तव्यमा दलदलको पारिस्थितिक महत्व, जैव विविधता, जलचक्र नियन्त्रण र वातावरण सन्तुलनमा यसको भूमिकाबारे विस्तृत जानकारी दिए। डा. स्वर्णेन्दु रॉय, सहायक प्राध्यापक, उत्तर बंगाल विश्वविद्यालयले दलदल क्षेत्रमा भइरहेका मानवजन्य असरहरू, जस्तै: शहरीकरण, प्रदूषण, र भू-प्रयोग परिवर्तनका कारण उत्पन्न हुने संकटहरूबारे आफ्नो प्रस्तुति दिएका थिए। दोस्रो सत्रमा डा. उपासना छेत्री, सहायक प्राध्यापक, असम रोयल ग्लोबल विश्वविद्यालय, गुवाहाटी, ले नीति त्रुटिहरू, संरक्षण योजनाहरू र सामुदायिक प्रयासहरूबारे आफ्नो प्रस्तुति दिदैँ हिमाली क्षेत्रका दलदलहरू संरक्षणमा योगदान पुर्याउन सक्ने कुरो बताइन्। यसपछि विभिन्न शैक्षिक संस्थाबाट आएका शोधकर्ताहरूले आफ्ना मौखिक अनुसन्धान प्रस्तुतिहरू राखेका थिए जसले दलदल सम्बन्धी वनस्पति, जीवजन्तु, संरक्षण प्रयास र जलवायु परिवर्तनको असरहरूलाई समेटेका थिए। यो सत्रलाई कलेजका भूगोल बिभागका सहायक प्राध्यापक डा. आदित्य सुब्बाले अध्यक्षता र प्रतिवेदकको भूमिका, प्राणीविज्ञानका आशिष छेत्रीले निर्वाह गरेका थिए। सेमिनारमा अनुकम्पा सुब्बा(आईक्युएसी संयोजिका तथा अङ्ग्रेजी विभाग प्रमुख), सञ्जय छेत्री(शिक्षक परिषद् सचिव), डा. ए.के. घोराई(अनुसन्धान तथा विकास प्रकोष्ठ संयोजक तथा भौतिक शास्त्र विभाग प्रमुख), डा. देवदत्त राई, भूगोल विभाग प्रमुख साथै कलेजका शिक्षण-अशिक्षण कर्मचारीहरू उपस्थित रहेका थिए। सम्पूर्ण कार्यक्रमलाई प्रतिमा बरेलाइ, वनस्पति विज्ञान विभागद्वारा सञ्चसलित गरेकी थिइन्। धन्यवाद ज्ञापन गर्दै सङ्गोष्ठीका डा. प्रणय बान्तवा (आयोजक सचिव तथा सहायक प्राध्यापक, वनस्पति विज्ञान विभाग) ले विशेषगरी पूर्व कोलकाता वेटल्याण्ड व्यवस्थापन प्राधिकरणलाई आर्थिक सहयोगका लागि साथै सबै वक्ता, सहभागी, तथा प्रत्यक्ष–परोक्ष रूपमा संलग्न सबैलाई आभार प्रकट गरे। संगोष्ठीलाई सहयोग पुर्याउन संरक्षक शदेवी छेत्री(शिक्षक-प्रभारी, कालिम्पोङ कलेज), संयोजक: डा जयश्री प्रधान, (एसोसिएट प्रोफेसर तथा विभागाध्यक्ष, वनस्पति विज्ञान विभाग), संयुक्त संयोजक एसबी. लामा (एसोसिएट ग्रेड जी.एल.आई., वनस्पति विज्ञान विभाग) आयोजकले सचिव डा. प्रणय बान्तवा(सहायक प्राध्यापक, वनस्पति विज्ञान विभाग) कोषाध्यक्ष: डा. सरन कुमार गुप्ता (सहायक प्राध्यापक, वनस्पति विज्ञान विभाग) सल्लाहकार सदस्यहरू: डा. अनुकम्पा सुब्बा(आईक्युएसी) संयोजक तथा अङ्ग्रेजी विभाग प्रमुख डा. ए.के. घोराई (अनुसन्धान तथा विकास प्रकोष्ठ संयोजक तथा भौतिकशास्त्र विभाग प्रमुख), सदस्यहरू:डा.(एमएसटी) मोमताज बेगम, सहायक प्राध्यापक, वनस्पति विज्ञान विभाग प्रा. प्रतिमा बराइली, वनस्पति विज्ञान विभाग विशेष भूमिका रहेको थियो।