पहाडमा खन्दै राखिएको ठाउँमा प्राकृतिक प्रकोपको‌ घटनालाई लिएर जिल्ला शासक र आपदा प्रबन्धन विभागसित बसेर नियम बनाउन आवश्यक छ: अनित थापा

IMG-20250717-WA0080

दार्जिलिङ: पहाडमा खन्दै राखिएको ठाउँमा प्राकृतिक प्रकोपको‌ घटना घटने गरेको तर यो खन्ने कार्य जनसाधारणको मांगमा नै गरिएको हुन्छ। तर पनि यस विषयमा जिल्ला शासक र आपदा प्रबन्धन विभागसित बसेर यस विषयमा नियम बनाउन आवश्यक रहेको पनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्‌। उनले दार्जिलिङ जिल्ला अन्तर्गत बिजनबारी खण्डको गोल एक ग्राम पञ्चायतको लोवर गोकमा ढुंगाले थिचेर मृत्यु भएको खरसाङको सिंगेल चियाबारी अन्तर्गत कोठीधुरा निवासी एक व्यक्तिको पोष्टपोर्टमको समय दार्जिलिङमा उपस्थित भएर पत्रकारहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन्।‌ उनले भने, ‘यो नहुने घटना घटेको छ किनभने यो पैह्रो आएर घटना घटेको होइन।‌ माथिबाट ढुंगा झरेको समय नै उहाँहरु त्यहाँ रहेको समय यस्तो घटना घटेको छ। अब उहाँहरुको काम सकेर अघि बढ्नुपर्छ। मुख्य रुपमा पहाडमा अलिकति खनाई प्रक्रियाले पनि बर्खामा डिजास्टरको रुप लिन्दैछ र खनेर छोडेको कारणले यस्तो घटना हुनसक्ने अनुमान छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement