खरसाङ: महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले स्थानीयहरुलाई भईरहेको असुविधालाई ध्यानमा राखेर आजदेखि पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ। गत महिना २४ जूनको साँझ र २६ जूनको बिहान गएको पैह्रोले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो। यो पैह्रो भएर गाडीहरु कुदाउन पनि धेरै असुविधा भईरहेको थियो भने ठूला गाडीहरु कुदाउन बन्द गरिएको थियो अनि साना गाडीहरू र स्कुटी बाइकहरु पनि कुदाउन जोखिमपूर्ण बनेको थियो। यस्तो अवस्थालाई ध्यानमा राखेर आजदेखि पैह्रो मरमत्तिको लागि कार्य शुरु गरिएको छ। उक्त पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरु पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य, पञ्चायत सदस्य लगायत अन्यहरु मिलेर पहल गरिएको बताइएको छ। यो पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरुले जीटीए प्रमुख कार्यपाल अनित थापासित भेट गरेर विभागीय अधिकारीहरुको भ्रमण निरीक्षणपछि आजदेखि काम थालिएको जनाइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिको सदस्य कुसाङ लामाले हामी स्थानीय जनसाधारणको असुविधालाई ध्यानमा राखेर पैह्रो गएको दिनदेखि मरमत्तिको लागि पहल गरिरहेको र जीटीए प्रमुख अनित थापाको सहयोगमा यो पैह्रो निर्माणको कार्य आजदेखि शुरु गरिएको जानकारी गराएका छन्।

उनले यो पैह्रोलाई लिएर सामाजिक सञ्जालमा आएको विभिन्न नकरात्मक कुराहरुलाई जनताले ध्यान नदिने अनि हामी जनप्रतिनिधिहरु जनताको लागि सदेव काम गर्न तत्पर रहेको बताएका छन्।