करुण नायरलाई पूर्व क्रिकेटर आकाश चोपड़ाको चेताउनी

IMG-20250717-WA0072

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर आकाश चोपड़ाले म्यानचेष्टरमा भारत र ईंग्ल्याण्डबीच खेलिने चौथो टेस्ट म्याच अघि करुण नायरलाई चेताउनी दिएका छन्। चोपड़ाको भनाइअनुसार, चौथो टेस्ट म्याच नायरको निम्ति अन्तिम मौका हुनसक्छ। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने यस ब्याटरलाई ईंग्ल्याण्ड यात्राको निम्ति भारतीय टीममा स्थान दिइएको थियो। लगभग ७ सालपछि टेस्ट टीममा स्थान पाए पनि नायरले मौकाको फाइदा उठाउन सकेनन्। लर्ड्स टेस्टमा पनि उनले केवल ४० र १४ रन बनाए। चौथो टेस्ट अघि चोपड़ाले बताएअनुसार, ब्याटिंग क्रममा ३ नम्बर स्थान महत्त्वपूर्ण हुन्छ अनि यसमा प्रयोग गर्न सकिँदैन। आफ्नो यूट्यूब च्यानलमा चोपड़ाले ३ नम्बर ब्याटरको भूमिका महत्त्वपूर्ण रहने अनि उनको प्रदर्शनको सीधा असर चौथो नम्बरको ब्याटरमाथि पर्ने दावी गरे। चोपड़ाले भने, ३ नम्बरमा ओर्लिने ब्याटरको प्रदर्शनको असर चौथो नम्बरको ब्याटरमाथि पर्ने गर्छ। विराट कोहली र चेतेश्वर पुजाराको क्षेत्रमा त्यही भएको थियो। कोहलीको सर्वश्रेष्ठ प्रदर्शन तेस्रो नम्बरमा खेल्ने पुजाराको सर्वश्रेष्ठ प्रदर्शनको साथ नै आएको छ। त्यसअघि राहुल द्रविड़ र सचिन तेन्दुलकरको क्षेत्रमा पनि त्यही भएको थियो। तेस्रो नम्बरमा खेल्ने ब्याटरले आफ्नो प्रदर्शनद्वारा चौथो नम्बरमा खेल्ने ब्याटरलाई प्रेरित गर्नु पर्छ। अहिले भारतको निम्ति तेस्रो नम्बर समस्या बनेको छ।
यसैकारण चोपड़ाले म्यानचेष्टर टेस्ट नायरको निम्ति अन्तिम मौका साबित हुनसक्ने दावी गरेका छन्। नायर फेरि फ्लप भए उनको स्थानमा साई सुदर्शन या अभिमन्यु ईश्वरनमा एकजनालाई खेलाउन सकिने परामर्श दिएका छन्। उनले भने, म म्यानचेष्टर टेस्टलाई करुण नायरको निम्ति अन्तिम मौकाको रूपमा हेर्छु। उनले असल प्रदर्शन गर्नु पर्नेछ। केवल ३०-४० रनको स्कोर टीममा स्थान पाउन पर्याप्त हुनेछैन। उनी फेरि असफल भए सुदर्शन या ईश्वरनमा एकजनालाई खेलाउन सकिनेछ। यसमा सुदर्शनले प्राथमिकता पाउन सक्छन् कारण उनले सीरीजको पहिलो टेस्ट म्याच खेलेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement