नयाँ दिल्ली: पूर्व कप्तान तथा शीर्ष स्ट्राईकर सुनिल छेत्रीले बताएअनुसार, भारतीय फूटबलमा अनिश्चितताको वर्तमान स्थिति चिन्ताजनक रहेको छ अनि शीर्ष स्तरको फूटबल टुर्नामेण्ट इण्डियन सुपर लीग (आईएसएल)-लाई अनिश्चितकालको निम्तकि स्थगित गरिँदा खेल जगत चिन्तित, आहत अनि डराएको छ। लीगमा बेंगलुरु एफसी-बाट खेल्ने छेत्रीले उनलाई यस खेलको भविष्यलाई लिएर आशंका व्यक्त गर्ने लगातार फोन कल र म्यासेजहरू आइरहेको बताएका छन्। यस ४० वर्षीय खेलाड़ीले एक्स-मा लेखेका छन्, मसँग मैदानमा खेल्नको निम्ति जुन समय बाँचेको छ त्यसलाई कसरी बिताउनु पर्ने भन्ने चिन्ता थियो। लीग स्थगित हुँदा हामीसँग खाली समय रहेको छ तर विभिन्न क्लबका खेलाड़ीहरूसँग कुराकानी गरेपछि मलाई मेरो समस्या त्यति महत्त्वपूर्ण लागेन। भारतीय फूटबलको वर्तमान स्थिति धेरै चिन्ताजनक छ। मलाई मेरो क्लब मात्र नभएर अन्य क्लबहरूबाट पनि खेलाड़ीहरू, स्टाफ सदस्यहरू, फिजियो, मालिश गर्ने सबैबाट लगातार सन्देश प्राप्त भइरहेको छ। उनले भने, भारतीय फूटबल पारिस्थितिकी तन्त्रमा अहिले जुन अनिश्चितताको स्थिति बनिएको छ त्यसले सबै चिन्तित, आहत र आतंकित छन्।
आईएसएल-ले आयोजकहरू र अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-बीच मास्टर राइट्स एग्रीमेण्ट (एमआरए)-को नवीनीकरणलाई लिएर अनिश्चितताले गर्दा २०२५-२६ सीजनलाई स्थगित गरेको छ। लीग साधारणत सेप्टेम्बरदेखि अप्रेलसम्म चल्छ। यस प्रतियोगिताको आयोजक फूटबल स्पोर्ट्स डेवलपमेण्ट लिमिटेड (एफएसडीएल) र एआईएफएफ-बीच वर्तमान एमआरए ८ डिसेम्बर २०२५-मा समाप्त हुनेछ। त्यस समयसम्म आईएसएल-ले आफ्नो तेस्रो महिनामा प्रवेश गरिसकेको हुनेछ। यो निर्णय उच्चतम न्यायालयद्वारा एआईएफएफ-लाई दिइएको निर्देशहरूपछि लिइएको छ, जसमा एआईएफएफ-लाई आईएसएल-को सञ्चालन गर्ने वाणिज्यिक साझेदार एफएसडीएल-सँग एमआरए-को नयाँ शर्तहरूमाथि तबसम्म बातचीत नगर्नु भनिएको छ, जबसम्म एआईएफएफ मसौदा संविधान मामिलामा अन्तिम निर्णय आउनेछैन। एफएसडीएल एआईएफएफ-को वाणिज्यिक साझेदार पनि हो अनि उनीरूले २०१०-मा १५ सालको एमआरए-माथि हस्ताक्षर गरेका थिए। छेत्रीले बताएअनुसार, पहिलोपल्ट लीग स्थगित भएको जानकारी प्राप्त हुँदा उनी छुट्टीमा थिए। यस स्टार फूटबलरले भने, खबर सुनेपछि मेरो मुहारमा मुस्कान थियो कारण म छुट्टीमा थिएँ। त्यस समय मैले आफूले चाहेको जति अभ्यास गर्न अनि पौष्टिक भोजन गर्न सकेको थिइनँ। अहिले मसँग फिट हुनको निम्ति पहिलाभन्दा अधिक समय रहेको छ। तर अहिले त्यो प्रतीक्षा अनिश्चितकालमा बद्लिएपछि चाहिँ मेरो मुस्कान हराएको छ। थिंक ट्यांक र यस खेललाई सञ्चालित गर्ने मानिसहरू नयाँ फूटबल सत्रलाई फेरि शुरु गर्ने विषयमा काम गरिरहेको मलाई थाहा छ अनि यसको कुनै ठोस समाधान चाँड़ै आउने मलाई पूर्ण विश्वास छ। भारतीय फूटबलको हितलाई ध्यानमा राखेर खेलबाट सन्न्यासको फसेलालाई त्यागेर मैदानमा फर्किने यस खेलाड़ीले भने, मसँग सबै प्रश्नहरूको जवाफ नहुन सक्छ तर भारतीय फूटबलसँग सम्बन्धित सबै मानिसहरूसँग धैर्य धारण गर्ने मेरो अपील छ। हामी यस तूफानको मिलेर सामना गर्नेछौं। हामीले फूटबललाई चाँड़ै शुरु गर्नु पर्नेछ अनि यस्तो अवश्यै हुनेछ।