पीएम मोदी क्रस कन्ट्री स्लम दौड़ सम्पन्न

IMG_20220918_215119.jpg

नयाँ दिल्ली: आज बिहान मेजर ध्यानचन्द राष्ट्रिय स्टेडियममा केन्द्रिय गृहमन्त्री अमित शाहले पीएम मोदी क्रस कन्ट्री स्लम दौड़लाई झण्डा देखाएर प्रस्थान गराए। यस दौड़मा लगभग १० हजार युवा प्रतिभागी सामेल भए। यो दौड़ मेजर ध्यानचन्द राष्ट्रिय स्टेडियमदेखि इण्डिया गेटसम्म जानेछ। दौड़लाई चार अलग-अलग भागहरूमा विभाजित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा यस दौड़लाई भाजपाले आयोजित गरेको छ। विजेताहरूलाई तीन लाख रूपियाँसम्मको पुरस्कार राशि दिइनेछ। यसमा २.५ किमी र ५ किमीको अलग-अलग चार श्रेणी छन्। सबै प्रतिभागीहरूलाई सर्टिफिकेट पनि प्रदान गरिनेछ। यस कार्यक्रममा केन्द्रिय गृहमन्त्री बाहेक अन्य धेरै नेताहरू सामेल भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement