प्रेस क्लब अफ् सिक्किमकाे २३औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त

IMG-20250703-WA0079

गान्तोक: प्रेस क्लब अफ् सिक्किमकाे २३औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा वर्षौंदेखि प्रेस क्लब अफ् सिक्किमले मानिसहरूलाई जानकारी दिन र प्रेरित गर्न अथक प्रयास गरिरहेका पत्रकारहरूलाई एकसाथ ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। उनले यो स्थापना दिवस उत्सव र आत्म-मूल्याङ्कनको पनि समय रहेको बताएका छन, जसले पत्रकारहरूलाई विचार आदानप्रदान गर्न, विगतका गतिविधिहरूमा चिन्तन गर्न र भविष्यका लागि सम्भावना र चुनौतीहरू छलफल गर्न अवसर प्रदान गर्दछ।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा स्वतन्त्र प्रेस स्वस्थ लोकतन्त्रको अभिन्न अंग रहेको बताउॅंदै वर्तमान सरकार राज्यका मिडियाकर्मीहरू र मिडिया हाउसहरूको सुरक्षा र समृद्धि सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले राज्य सरकारले सिक्किममा स्वतन्त्र, गतिशील र सशक्त पत्रकारिता पारिस्थितिक प्रणालीलाई बढावा दिन निरन्तर काम गरिरहेको छ भन्दै प्रेस क्लब अफ सिक्किमसँगको समन्वयमा धेरै अग्रगामी नीतिहरू, संस्थागत समर्थनहरू र मिडिया आउटरिच कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराएका छन्।
प्रेस क्लब अफ् सिक्किमको भवनको लम्बित माग पूरा भएको बताउॅंदै मिडिया जगतले यी सुविधाहरूको उत्तम उपयोग गरिरहेको छ भनी विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्रीले जलवायु परिवर्तन, मानव अधिकार र महिला मुद्दाहरू सहित विभिन्न क्षेत्रका पत्रकारहरूलाई सम्मान गर्न नयॉं पुरस्कारहरूको स्थापना गरेको पनि अवगत गराएका छन्। यसरी नै सरकारले प्रेस क्लब अफ् सिक्किमलाई यसका सदस्यहरूको यात्रा आवश्यकताहरू सहज बनाउन १७ सिटको गाडी पनि प्रदान गरेको उनले बताएका छन्।
मुख्यमन्त्री तामाङले हाम्रा अनुभवी पत्रकारहरूको अथक प्रयासलाई सम्मान गर्न राज्य सरकारले स्वतन्त्रता दिवसमा वार्षिक रूपमा प्रदान गरिने टिस्टा रङ्गीत अविरल कलाम पुरस्कार स्थापना गरेको बताएका छन्। उनले कञ्चनजङ्गा कलाम पुरस्कार र लगनशील युवा पत्रकार पुरस्कार राशि बढाएर क्रमशः१ लाख १ हजार र ५१ हजार बनाएको पनि जानकारी गराएका छन्। यस अतिरिक्त, २०२४ मा विज्ञापन दरहरू परिमार्जन र वृद्धि गरिएको पनि उनले बताएका छन्।
मुख्यमन्त्रीले राज्यका ९० मान्यता प्राप्त पत्रकारहरूलाई स्वास्थ्य बीमा कभरेजको सुविधा प्रदान गरिएको र सेवानिवृत्त पत्रकारहरूलाई पेन्सन सहयोगको लागि पत्रकार सम्मान योजना शुरु गरिएको आफ्नो सन्देशमा उल्लेख गरेका छन्। उनले योजना अन्तर्गत प्रेस क्लब अफ् सिक्किम मार्फत वरिष्ठ पत्रकारहरूलाई ₹२० लाख अनुदान प्रदान गरिएको अवगत गराएका छन्।
मुख्यमन्त्री तामाङले ठूलो सम्मानका साथ ठूलो जिम्मेवारी पनि आउँछ भन्दै मानिसहरूलाई जानकारी गराउन र शिक्षित गर्न तथा चौथो स्तम्भमा जनताको विश्वास र बढ्दो अपेक्षा कायम राख्न पत्रकारहरूलाई सबै प्रयास गर्न आह्वान गरेका छन्। उनले सिक्किम र राज्यका जनताको शान्ति, प्रगति र समृद्धि प्रदर्शन गर्न मिडिया क्षेत्रको बढीभन्दा बढी प्रयोग होस् भनी शुभकामना पनि व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement