प्रेस क्लब अफ् सिक्किमकाे २३औं स्थापना दिवसको शुभ अवसरमा राज्यपालकाे हार्दिक बधाई

photocollage_20241011162117124

गान्तोक: प्रेस क्लब अफ् सिक्किमकाे २३औं स्थापना दिवसको शुभ अवसरमा
राज्यपाल ओमप्रकाश माथुरले प्रेस क्लब अफ् सिक्किमका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, ‘लोकतन्त्रको चौथो स्तम्भको रूपमा स्थापित पत्रकारिता केवल सूचनाको स्रोत होइन, तर जनताको आवाज र लोकतन्त्रको शक्तिको एक सशक्त माध्यम पनि हो।’ राज्यपालले प्रेस क्लब अफ् सिक्किमका ती समर्पित पत्रकारहरूलाई विशेष बधाई दिएका छन्, जसले सत्यनिष्ठा र प्रतिबद्धताका साथ समाजको हितमा योगदान दिएका छन्। उनले ‘कञ्चनजङ्घा कलम पुरस्कार’ र ‘लगनशील युवा पत्रकार पुरस्कार’ ले सम्मानित प्रतिभाहरूलाई विशेष बधाई दिएका छन्। प्रेस क्लब अफ् सिक्किमले पत्रकारिताको नैतिक मूल्यहरूलाई कायम राख्दै राज्य र राष्ट्रको विकासमा आफ्नो भूमिका सदैव निर्वाह गरिरहनेछ भनी राज्यपालले पूर्ण विश्वास व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement