गान्तोक: धानमा लाग्ने कीरा, रोगको गैर-रासायनिक कीट प्रबन्धनलाई बढ़ावा दिने र खेतमा प्राकृतिक शत्रुहरूको संरक्षणका लागि एकीकृत कीट प्रबन्धन प्रविधिहरूको कार्यान्वयनको लागि पहल शुरु भएको छ। भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय अन्तर्गत केन्द्रीय एकीकृत कीट प्रबन्धन केन्द्रद्वारा आयोजित किसान फिल्ड स्कूलको प्रत्येक उद्घाटन दिवस कार्यक्रममा पैँतीसभन्दा अधिक प्रगतिशील किसान र कृषि विभागका अधिकारीहरूले भाग लिए। काबि ब्लकअन्तर्गत फेन्सोङ र मार्ताम ब्लकअन्तर्गत नाजिताम नजिकैको पातुम गाउँमा कार्यक्रम आयोजन गरियो। चौध सप्ताहसम्म चल्ने क्षेत्रस्तरीय फसल विशिष्ट कार्यक्रम सिक्किमको खेतमा फसलहरूको लागि एकीकृत कीट प्रबन्धन अभ्यासहरूमा सीमान्त किसानहरूबीच व्यावहारिक प्रशिक्षण र जागरूकता विकासमा केन्द्रित रहेको छ। किसानहरूलाई ज्ञान र कौशलले सशक्त बनाउने, र विशेषज्ञ बनाउने; किसानहरूलाई महत्वपूर्ण र सूचित निर्णय लिने क्षमतालाई विस्तार गर्ने, किसानहरूलाई नयाँ सोच र समस्या समाधानप्रति संवेदनशील बनाउने अनि किसानहरूलाई सामाजिक र आर्थिक रूपमा सुदृढ़ बनाउनका लागि सङ्गठित गर्नमा मद्दत गर्ने उद्देश्यवे सञ्चालित गरिएको हो। सीआईपीएमसी, गान्तोकका उपनिर्देशक एवं कार्यालय प्रमुख डा. ए चक्रवर्तीले आईपीएमको सटीक उद्देश्य र खेतका फसलहरूको कम लागतको कीट प्रबन्धनका लागि निवारक विकल्पहरूमाथि बताए। उनले कीरा र रोगहरूबाट हुने क्षतिलाई प्रभावकारी ढङ्गमा कम गरेर फसल उत्पादन र किसानहरूको आय बढाउनका लागि नयाँ कीट प्रबन्धन प्रविधिहरूलाई अप्नाउने महत्त्वमाथि पनि जोड दिए। आर लेप्चाले प्रचलित फसल कीटहरूबारेमा बताए। दुवै गाउँका सहभागी र अधिकारीहरूले चर्चामा भाग लिएका थिए।