७९औं स्वतन्त्रता दिवसबारे मुख्य सचिवले डाके बैठक

IMG-20250716-WA0163

गान्तोक: आगामी राज्यस्तरीय स्वतन्त्रता दिवसको तयारीलाई लिएर टाशीलिङ सचिवालयमा मुख्य सचिव आर तेलाङको अध्यक्षतामा एक उच्चस्तरीय बैठक सम्पन्न भयो। बैठकमा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति सम्वन्धित निकायले एकअर्कामा तालमेल राखेर काम गर्नुपर्ने विषयमाथि जोड दिइयो। विशेष गरेर विभागका अधिकारीहरूलाई दिएको जिम्मेवारी इमान्दारपूर्वक पालन गर्ने मुख्य सचिवले निर्देश दिए। उक्त कार्यक्रममा विभिन्न प्रकारको गतिविधिहरू समावेश गरिने भएको छ। जसमा ब्याण्ड प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरणलाई लिएर सम्वन्धित विभागका अधिकारीहरूले बस्ने, पिउने पानीको प्रबन्धन लगायत अन्य प्रबन्धनबारे निर्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement