गान्तोक: हालै दिवंगत भएका साहित्यकार पद्मश्री सानु लामाको निजी निवासमा पुगेर मख्यमन्त्री प्रेमसिंह तामाङले श्रद्धाञ्जली व्यक्त गरे। यसबीच शोकाकुल परिवारसित सम्वेदना प्रकट गर्दै मुख्यमन्त्री तामाङले स्वार्गीय लामा नेपाली साहित्यका प्रतिभाशाली गीतकार र एक सच्चा देशभक्त रहेको बताए। उनको निधनमा गहिरो दुःख व्यक्त गर्दै, मुख्यमन्त्रीले शोक सन्तप्त परिवार, नजिकका सहयोगीहरू प्रशंसकहरूप्रति समवेदना व्यक्त गरे। “यो हाम्रो राज्यको लागि अपूरणीय क्षति मात्र होइन तर नेपाली साहित्य जगतमा एक महत्त्वपूर्ण शून्यता भएको छ,” मुख्यमन्त्रीले भने। नेपाली भाषा, साहित्य र सांस्कृतिक सम्पदामा सानु लामाको योगदानको गहिरो प्रभावलाई श्रद्धाञ्जलीका साथ सम्झना गरिने उनले बताए।