गान्धी जयन्ती अन्तर दक्षिण जिल्ला भलिबल प्रतियोगिता सम्पन्न

IMG_20220918_214740.jpg

नाम्ची: आजदेखि गान्धी जयन्ती अन्तर दक्षिण जिल्ला भलिबल प्रतियोगिता नाम्ची-सिङ्घिथाङ समष्टिको अप्पर बुलमा शुरू भएको छ। यस प्रतियोगिताको आयोजना स्थानीय आरकेएस कल्बले गरेको हो। आजको कार्यक्रममा एसकेएम पार्टीको नाम्ची-सिङ्घिथाङका प्रभारी एवं नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई मुख्य अतिथि रहेका थिए। कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्रतियोगिता अन्तर्गत प्रथम खेलमा मल्ली चेक पोस्टलाई रामा रामले पराजित गऱ्यो भने दास्रो खेलमा एमबीसी रविटारलाई पराजित गरेर निउ होप सुम्बुक विजयी भयो।
कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। उल्लेखनीय छ, यस प्रतियोगितामा जम्मा २४ वटा दलले सहभागिता जनाएको छ। प्रतियोगिताको फाइनल खेल आगामी २ अक्टोबरमा सम्पन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement