गुरूङ समुदायका नवनियुक्त प्रतिनिधिहरु सम्मानित

IMG-20250716-WA0159

गान्तोक: हालै सिक्किम सरकारको विभिन्न विभागहरुमा ओएसडी, अध्यक्ष र सल्लाहकारको पदमा नियुक्त भएका गुरुङ समुदायका प्रतिनिधिहरुलाई सम्मानित गरिएको छ। यसअन्तर्गत गुरूङ समुदायबाट कुल १३ जनालाई विभिन्न पदमा नियुक्त गरिएको छ। अखिल सिक्किम गुरूङ (तमु) बौद्ध संघले आज एक कार्यक्रम आयोजन गर्दै अभिनन्दन जनाएको हो। सिच्छेस्थित रोधी गान्तोकमा आयोजित सम्मान कार्यक्रममा कृषि एवं वागवानी विभागीय मन्त्री पूरणकुमार गुरूङ मुख्य अतिथिकारूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले वर्तमान सरकारले गुरूङ समुदायबाट १३ जना सदस्यलाई विभिन्न पदमा नियुक्त गरिएकोमा आभार प्रकट गरे। उनले अबोप्रान्त गुरूङ समुदाय विभाजन नभइ एकवद्ध भएर जातिको हितमा काम गर्नुपर्ने आग्रह गरे। राज्यमा धेरै समुदायहरू बसोबासो गर्छन् र उनीहरूको केवल एउटा मात्र संगठन छ, तर गुरूङ समुदायमा भने अहिलेसम्म पनि दुईवटा संगठन रहेकोमा दुःख प्रकट गरे। अब राज्यका गुरूङ समुदाय एउटै मञ्चमा आउनुपर्ने आग्रह गरे। मन्त्री गुरूङले राज्यमा बसोबासो गर्ने गुरूङ समुदायमा यदि कोही पनि आर्थिकरूपमा कमजोर छ भने उनीहरूलाई माथि उठाउनु गुरूङ समुदाय एक हुनुपर्ने सुझाउ दिए। समुदायभित्र पनि विभिन्न धर्म मान्नेहरू रहेको बताउँदै धर्म अलग भए पनि संस्था एउटै हुनुपर्ने बताए। सबैलाई आफ्नो धर्म मान्ने अधिकार देशको संविधानले दिएको यसमाथि कसैलाई दबाव गर्न नसकिने उल्लेक गरे। समुदाय एक भएर संस्थालाई मजबुत बनाउनु पर्ने आग्रह गर्दै रोधी घरलाई लिजमा दिएर यसको लाभ उठाउनु पर्ने सुझाउ पनि दिए। यसको हेरचाह साथै मरम्मतिका निम्ति पैसाको आवश्यकता पर्ने भएकोले भवनको कतिपय भाग किरायमा दिए सहयोग पुग्ने बताए। उनले संस्थालाई लिएर कसैले पनि राजनीति गर्न नहुने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement