टोक्यो: विश्वकी पूर्व नम्बर एक खेलाड़ी पीभी सिन्धूले जापान ओपन ब्याडमिण्टन टुर्नामेण्टको पहिलो राउण्डमै हारको सामना गर्नु पऱ्यो। यसबीच लक्ष्य सेनले पुरुष एकल तथा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले पुरुष युगलमा जीत हासिल गऱ्यो। दुईपल्टकी ओलम्पिक पदक विजेता ३० वर्षीय सिन्धूले यस सुपर ७५० टुर्नामेण्टमा दक्षिण कोरियाकी सिम यू जिनविरुद्ध १५-२१, १४-२१-ले हारको सामना गर्नु पऱ्यो। यसरी भारतीय शट्लर यस साल पाँचौंपल्ट कुनै टुर्नामेण्टमा पहिलो राउण्डमै बाहिर भइन्। यसरी लक्ष्य सेनले चीनका वांग झेंग जिंगलाई २१-११, २१-१८-ले पराजित गरी पुरुष एकलको दोस्रो राउण्डमा प्रवेश गरे। विश्व ऱ्याङकिंगमा १८औं स्थानमा रहने भारतीय शट्लरले दोस्रो राउण्डमा जापानका सातौं वरीयता प्राप्त खेलाड़ी कोडाई नाराओकाविरुद्ध खेल्नेछन्। यसअघि पुरुष युगलको पहिलो राउण्डको म्याचमा वर्तमानमा विश्व ऱ्याङकिंगमा १५औं स्थानमा रहने सात्विक र चिरागको जोड़ीलसे कांग मिन ह्युक र किम डोंग जू-को कोरियाई जोड़ीलाई केवल ४२ मिनटमा २१-१८, २१-१०-ले पराजित गऱ्यो।