दार्जीलिङ सिंग्सा भूटिया युथ क्लब र सिंगालिला स्ट्राईकर एफसी-को जीत

photocollage_2025716225735657

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बुधवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको थियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा दार्जीलिङ सिंग्सा भूटिया युथ क्लबले दार्जीलिङ फूटबल सोसाइटीविरुद्ध ६-५-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पेम्बा तामाङले ५ गोल गरे। अन्य एक गोल सायर थापाले गरे। दार्जीलिङ फूटबल सोसाइटीको तर्फबाट निमा शेर्पाले २ गोल गरे। यसबाहेक अजय बीके, देव सुब्बा र सेवान सेवाले १-१ गोल गरे। दोस्रो म्याचमा सिंगालिला स्ट्राईकर एफसी-ले डाली यंग बोयज क्लबविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सोनम राई, सागर छेत्री र दावा डुक्पाले १-१ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement