नाम्ची: विश्वकर्म पूजा सिक्किम ट्रक डाइभर एसोसिएशन (दक्षिण-पश्चिम) नाम्ची डिभिजनले भव्यरूपमा पालन गऱ्यो। यस पूजा कार्यक्रममा एसकेएम पार्टीको दक्षिण जिल्ला नारी शक्ति संयोजक बबिता लिम्बू मुख्य अतिथि रहेकी थिइन्।
उल्लेखनीय छ, ट्रक डाइभर एसोसिएशनले समय-समयमा विभिन्न प्रकारका सामाजिक कार्यहरू गर्ने गरेका छन्। एसोसिएशनका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष प्रशान्त प्रधान, महासचिव अमर तामाङ, कोषाध्यक्ष नवीन सुब्बा र सल्लाहकार आरजी गुरूङ रहेका छन्। नाम्चीको मेन लाइन ट्याक्सी ड्राइभर एसोसिएशन र नाम्ची लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनले पनि विश्वकर्म पूजा प्रत्येक वर्ष जस्तै भव्य रूपमा पालन गऱ्यो।










