खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा बुधवार एउटा म्याच खेलियो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको च्याम्पियनशीप डीविजनको म्याचमा घूम्ती एफसी (महानदी)-ले सेण्ट मेरीज एफसीविरुद्ध ७–१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मचिन्द्रले ५ गोल गरे। यसबाहेक अभिषेक गुरुङ र योगेन कार्कीले १–१ गोल गरे। यसरी सेण्ट मेरीज एफसी को तर्फबाट प्रथम थापाले १ गोल गरे।

आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, प्रमोद प्रधान र रेबिका प्रधान सामेल थिए। सञ्जय थापा फोर्थ अफिसियल थिए।