पद्मश्री साहित्यकार सानु लामाको निधनमा शोकसभा

IMG-20250716-WA0138

खरसाङ: पद्मश्री सम्मानले सम्मानित साहित्यकार सानु लामाको निधनमा सालबारीमा शोकसभा सम्पन्न भएको छ। उक्त शोक-सभा सालबारीको शब्द समयको आयोजनामा अब्बल आख्यानकार पद्यश्री सानु लामाको शोक-सभा सम्पन्न भएको छ। साहित्यकार मोहन ठकुरी र डा. सञ्जय बान्तावाको बाहुलीबाट खदार्पण र नीरा
सुब्बा नेचाली, कविता भट्टराई अधिकारी, डा. पद्माश्री लक्ष्मी देवानद्वारा दीप प्रज्वलित गरी सभाको शुभारम्भ गरियो। शोक सभामा वरिष्ठ साहित्यकारहरु मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, डा. सञ्जय बान्तवा र राजा पुनियानीले आ-आफ्नो वक्तव्यमा सानु लामाको जीवनका विभिन्न पाटामाथि प्रकाश हाल्दै नेपाली आख्यानमा, विशेष गरी कथामा, उनको ठूलो योगदान रहेको कुरा जनाए। लीलबहादुर सोनारले आफ्नो वक्तव्यमा पद्मश्री सानु लामा जस्ता मूर्धन्य आख्यानकारको निधन नेपाली साहित्यमा एउटा अपूरणीय क्षति हो भनी बताएका छन्। त्यसपछि शोक सभामा दिवंगतको आत्माले स्वर्गमा वास पाओस् भनी कामना गर्दै एक मिनटको मौन धारण गरिएको छ। सभामा डा. हेमन्त काँफ्ले, मणिकुमार प्रधान, पूर्ण मंगर, नरबहादुर छेत्री जस्ता स्रष्टाहरूको पनि उपस्थिति थियो। अन्त्यमा, सञ्चालक जीत सुनारद्वारा धन्यवाद-ज्ञापन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement