जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको‌ बाहुलीबाट धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन

IMG-20250716-WA0135

सोनादा: रंगबुल धोतरिया रङमुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन गरिएको छ।गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिकी विभागद्वारा निर्माण गरिएको धोतरिया चियाबारी ‘निज गाउँ सार्वजनिक भवनको आज उद्घाटन गरिएको छ। उक्त नवनिर्मित सार्वजनिक भवनको उदघाटन क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट सम्पन्न गरिएको छ‌।‌ उक्त उदघाटन गरिएको नवनिर्मित सार्वजनिक भवनलाई‌आजदेखि नै निज गाउँ ग्राम युवा संघ धोतरियालाई सुम्पिएको छ। आजको यस सार्वजनिक भवनको उदघाटन समारोहमा मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान उपस्थित रहेका थिए भने विभागीय अभियन्ताहरु, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्य जीवन प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा उपस्थित क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले सम्बोधनमा‌ रंगबुल धोतरिया रंगमुक समष्टिमा धेरै विकास कार्य भईरहेको र आगामी दिनमा पनि धेरै विकासका कार्यहरू गर्नु बाँकी रहेको बताएका छन्‌। उनले यस क्षेत्रमा विकासको कार्यहरू यसरी नै अघि बढ्नलाई जनसाधारणको माया र साथ यसरी नै जारी राखिदिने अनुरोध गरेका छन्। राजेस चौहानले आजदेखि यो उदघाटन गरिएको सार्वजनिक भवन यहाँको समाजलाई नै सुम्पिएको र यसलाई राम्रोसितले देखरेख गरिदिने स्थानीयहरुलाई निवेदन पनि गरेका छन्। आफ्नो सम्बोधनमा उनले धोत्रियादेखि इनटेकसम्म जोड्ने पुलको पनि चाढै निर्माण गरिने घोषणा गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई स्थानीयहरुको तर्फबाट सम्मान पनि जनाइएको थियो। यस गाउँमा एउटा सार्वजनिक भवन निर्माणको‌ लागि स्थानीय गाउँलेहरुले लामो समयदेखि मांग गर्दै आईरहेका थिए। अहिले आएर जीटीएबाट यहाँ सार्वजनिक भवन निर्माण गरिदिएकोमा‌ स्थानीय गाउँलेहरुको तर्फबाट क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र जीटीएको प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्। उक्त सार्वजनिक भवनको उदघाटन समारोहपछि पत्रकारहरुलाई सम्बोधन गर्दै निज ग्राम युवा संघको सल्लाहकार केएस बम्जनले सबैलाई धन्यवाद दिएका छन्। उनले यो समाज धेरै पुरानो रहेको बताउँदै यो समाज १९५५ सालतिर नै स्थापना भएको तर अहिलेसम्म पनि समाज घर निर्माण हुनु सकेको थिएन भनी बताएका छन्। उनले योभन्दा अघिको स्थानीय सरकार समक्ष पनि यहाँ सार्वजनिक भवन निर्माणको लागि मांग गर्दै पहल गरिएको तर निर्माण हुन सकेको थिएन। तर अहिले आएर स्थानीय सरकारले कम समयमा नै यहाँ सार्वजनिक भवन निर्माण गरिदिएर स्थानीयहरुलाई ठूलो उपकार गरेको बताए।

उनले यो सार्वजनिक भवन निर्माण भएपछि स्थानीयहरुलाई धेरै सुविधा भएको जनाउँदै यो‌ सार्वजनिक भवनको निर्माणको लागि स्थानीयहरुका‌ तर्फबाट क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र जीटीएको प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement