लर्ड्स टेस्टमा पन्त र नायरको विकेटलाई महत्त्वपूर्ण बताए रवि शास्त्रीले

IMG-20250716-WA0103

नयाँ दिल्ली: पूर्व भारतीय प्रशिक्षक रवि शास्त्रीले लर्ड्समा तेस्रो टेस्ट म्याचको पाँचौं दिन भारतको नजिकको हारको केही महत्त्वपूर्ण क्षणहरूमाथि चर्चा गरेका छन्। उनले पहिलो ईनिंग्समा रिषभ पन्तको रन आउट र दोस्रो ईनिंग्समा करुण नायरको विकेटलाई महत्त्वपूर्ण क्षण बताए, जसले म्याच ईंग्ल्याण्डको पक्षमा गयो। जोफ्रा आर्चर र बेन स्टोक्सको अगुवाईमा ईंग्ल्याण्डका बलरहरूले चौथो दिनको अन्त र पाँचौं दिनको शुरुवातमा नाटकीय तरिकाले भारतको ब्याटिंग क्रमलाई तहसनहस पारे। यसैकारण अलराउण्डर रविन्द्र जडेजाको अप्राण प्रयासपछि पनि भारतले १९३ रनको लक्ष्यलाई पीछा गर्दै १७० रन मात्र बनाउन सक्यो। आईसीसी रिभ्यू-को नयाँ संस्करणमा शास्त्रीले भने, यस टेस्ट म्याचमा मेरो निम्ति निर्णायक मोड़ सबैभन्दा पहिला रिषभ पन्त रन आउट हुनु (पहिलो ईनिंग्समा) थियो। उल्लेखनीय छ, भारतको पहिलो ईनिंग्समा पन्त ७४ रन बनाएर खेलिरहेका थिए अनि केएल राहुल शतकको नजिक थिए। पन्तले राहुललाई स्ट्राईक दिने प्रयासमा रन आउट भएर आफ्नो विकेट दान दिएका थिए। पन्तले शोएब बशीरको बलमा १ रन लिने प्रयास गर्दा नजिकै उभिएका स्टोक्सले सीधा थ्रो गरी उनलाई रन आउट गरेका थिए। यस रन आउटले गर्दा राहुल र पन्तबीच शतकीय पार्टनरशीप तोड़िनको साथै ईंग्ल्याण्डले म्याचमा फर्किने मौका पाएको थियो।
शास्त्रीले भने, बेन स्टोक्सले लञ्चको समय दाहिने तर्फ थ्रो गरी पन्तलाई आउट गरेर आफ्नो सुझबुझको परिचय दिए। त्यस समय भारतले बढ़त हासिल गर्न सकेको भए टीम जितको स्थितिमा हुने थियो। यसबाहेक दोस्रो ईनिंग्समा १ विकेटमा ४० रनको स्कोरमा करुण नायरको विकेट महत्त्वपूर्ण रह्यो। नायरको एकाग्रतामा ठूलो चूक भयो। उनले एउटा साधारण बललाई छोड़ेर ईंग्ल्याण्डको निम्ति बाटो बनाए। मेरो विचारमा नायरको आुट हुने समयलै नै स्थिति बद्लियो।
पूर्व मुख्य प्रशिक्षकले भने, तपाईंहरूले देख्नु भयो। जडेजाको साथमा सिराज र बुमराहले धैर्यको साथ ब्याटिंग गरे। बल ४० ओभर पुरानो भएपछि ब्याटरहरूलाई आउट गर्नु सजिलो थिएन। भारतले ८२–८३ रनलाई घटाएर २२ रनसम्म पुऱ्यायो अनि यो ठूलो उपलब्धि हो। यसले चौथो दिनको अन्तमा भारतको शीर्ष क्रमले अझ केही मानसिक मजबूती देखाएको भए म्याच भारतको हुने थियो भन्ने साबित गर्छ। यसको साथमा शास्त्रीले म्याचको केही चरणमा भारत शीर्षमा रहेको स्वीकार गर्दै ईंग्ल्याण्डलाई प्रत्येकपल्ट मौकाको फाइदा उठाएको श्रेय दिए। उनले भने, ईंग्ल्याण्डको प्रशंसा गर्नु पर्छ। परिस्थिति मुश्किल हुँदा उनीहरूले प्रत्येक मौकाको फाइदा उठाए। शास्त्रीले सीरीज रोमाञ्चक हुने बताउँदै भने, अझ एउटा रोमाञ्चक सीरीजमा अब २ वटा म्याच बाँकी छ। केही पनि हुन सक्छ। भारतसँग पुनरागमन गर्दै क्षमता छ अनि यस्तो भए ओवल (अन्तिम टेस्ट)-मा रोमाञ्चक म्याच हुनेछ। सीरीजको रहल दिनहरू चरम रोमाञ्चक हुनेछ। यस सीरीजमा सामान्य भाग्यको साथ रहे भारत ३–०–ले अघि रहने थियो तर टीमसँग अहिले पनि सीरीज जित्ने मौका छ। उल्लेखनीय छ, ५ वटा टेस्ट म्याचको सीरीजमा अहिले ईंग्ल्याण्ड २–१–ले अघि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement