लण्डन: ईंग्ल्याण्डले भारतविरुद्ध टेस्ट सीरीजको चौथो टेस्ट म्याचको निम्ति आफ्नो टीममा एउटा फेरबदल गरेको छ। ईंग्ल्याण्डले देब्रे हातका स्पिनर शोएब बशीरको स्थानमा लियाम डसनलाई टीममा सामेल गरेको छ। चौथो टेस्ट म्याच २३ जुलाईदेखि म्यानचेष्टरको ओल्ड ट्रेफर्डमा शुरु हुनेछ। तेस्रो टेस्ट म्याचको अवधि बशीरको औंलीमा चोट लागेको थियो अनि यसले गर्दा उनी पूरा सीरीजबाट बाहिर भएका छन्। २१ वर्षीय बशीरले म्याचको अन्तिम दिन चोट लिएर नै खेलेका थिए। ईंग्ल्याण्डका राष्ट्रिय चयनकर्ता ल्यूक राइटले भने, लियाम डसन टीममा सामेल हुने हकदार छन्। काउण्टी च्याम्पियनशीपमा हेम्पशायरबाट खेल्दै उनको प्रदर्शन असाधारण रह्यो। डसनले अन्तिमपल्ट जुलाई २०१७-मा ईंग्ल्याण्डको निम्ति टेस्ट म्याच खेलेका थिए। ईंग्ल्याण्डको टेस्ट टीम यसप्रकार छः
बेन स्टोक्स (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, जेकब बेथेल, हेरी ब्रूक, ब्रायडन कार्स, ज्याक क्रली, लियाम डसन, बेन डकेट, ओली पोप, जो रुट, जेमी स्मिथ, जोश टंग, क्रिस वोक्स।