गोरुबथान (महेश्वर प्रधान): आज भारत भूटान सीमान्त बिन्दु एम एस के विद्यालय प्रेक्षालयमा आशिहारा जलढक्का एसोसिएसनका तत्वावधानमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। गत २ सितम्बरदेखि ४ सितम्बरसम्म माल बजार साईलीमा छैटौ आशिहारा कराते प्रतियोगिता समपन्न भएको थियो। यस प्रतियोगितामा ४५ नम्बर समष्टि कराते डोजोले जम्मा तीनवटा स्वर्ण पदक,दुइवटा रजत पदक र तीनवटा कास्य पदक हासिल गरेर इतिहासै रचेका थिए।

आज यस कार्यक्रममा तिनै खेलाडी नानीहरुलाई भव्य कार्यक्रममा अतिथिगणको बाहुलीबाट सम्मान जनाउँदै खदा माला तथा सम्वर्द्धना पत्र प्रदान गरियो। यसरी नानीहरुको अथक प्रयास वापत यो सफलतालाई उनीहरुको मनोबल बडाउन र अरुहरुलाई प्रोत्साहन प्रदान गर्न यस कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको बाहुलीबाट यो सम्मान जनाइएको बताएका छन् सेन्सी आनन्द सुब्बाले।

आजको यस कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बिन्दु प्राथमिक पाठशालाको प्रधान अध्यापक चन्द्र बहादुर तामाङ थिए भने अन्य अतिथिहरुमा फुप छिरिङ भुटिया, निमा छिरिङ भुटिया, तुलसी खवास, पुर्ण प्रधान, शोभा ठटाल, राजु सार्की आदि थिए। यस कार्यक्रममा ४५ नम्वर समष्टि डोजोबाट विद्यार्थीगण र सेन्सी बिनिता सुब्बा, सन्तुमाया राई, दिपेन सुब्बा, ईशा साह रहेका थिए।यसै अवसरमा ४४ र ४५ नम्बर समष्टि प्रमुख कराते प्रशिक्षक मणिराज राईले पनि विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे। यसै अवसरमा पत्रकार योगेश राई र महेश्वर प्रधानलाई पनि सम्वर्द्धना जनाइयो।पत्रकारहरुको भूमिका अहम रहेको र निस्वार्थ भाव बोकेर कार्य गर्ने पत्रकारहरुको योगदान समाजप्रति अतुलनीय रहेको पनि सेन्सीद्वय आनन्द सुब्बा र मणिराज राईले बताए।

कार्यक्रमको सन्चालन विन्दुका उदीयमान कवि निरु बिन्दुले गरेका थिए। स्वागत भाषण सेन्सी आनन्द सुब्बाले राखेका थिए। बिन्दु डोजोका विद्यार्थीहरुले नृत्य, कराते प्रदर्शन गरेका थिए।









